९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरका विद्यालयको शिक्षाको गुणस्तर ल्याइने



 

मङ्सिर ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ ।

आज काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडौं महानगरीय शिक्षा रुपान्तरण अभियान अन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको शिक्षामा गुणस्तर ल्याउन विभिन्न कार्यक्रम ल्याउन थालेको जानकारी गराइन् । ‘‘शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा हामी अहिले छलफल गरिरहका छौँ’’ उनले भनिन्, ‘‘हामी निजी विद्यालयको स्तरमा सामुदायिक विद्यालयको शिक्षा बनाउछौँ ।’’

नगरभित्रका केही सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै उनले ती विद्यालयको अनुशरण गरी अरु विद्यालयले सिक्नुपर्ने बताइन् । उनले विद्यालयलाई एक अर्कामा प्रतिस्पर्धात्मक बनाई राम्रा विद्यालयलाई पुरस्कृत समेत गरिने जानकारी गराइन् । केही प्रधानाध्यापकले बुझ पचाएर विद्यालयलाई राम्रो गर्न नसकेको भन्दै उनले विद्यालयको अनुगमन गरी विद्यालयको शिक्षामा सुधार गर्न जिम्मेवार समेत बनाइने बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले नीति नियम र पाठ्यक्रममा संशोधन गरी विद्यालयको शिक्षामा गुणस्तर ल्याइने बताए । गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गुणात्मक शिक्षामा जोड नदिने हो भने अहिले सिकेका कुरा भोलि बिर्सने समेत बताए ।

उनले महानगरले आफ्ना विद्यालयलाई आधुनिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने नमूना विद्यालय बनाउने धारणा राखे । प्रशासनिक अधिकृत कोइरालाले विद्यालयमा भएका स्रोत साधनको अत्यधिक प्रयोग र शिक्षकमा भएको ज्ञानलाई प्रयोग गरेर शिक्षा सुधार गरिने बताए ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालयको सुधार शिक्षकबाट मात्र सम्भव भएकाले शिक्षा सुधार गर्ने अभिप्रेरणा शिक्षकमा हुनुपर्ने बताए । उनले शिक्षा सुधारका नीतिगत समस्यालाई समाधान गदै शिक्षामा गुणस्तरल्याई प्रतिस्पर्धी शिक्षा बनाउनुपर्ने बताए ।

कार्यक्रममा महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले महानगरले विद्यालयको शिक्षाको गुणस्तर बढाउने योजना ल्याएको भन्दै त्यस अनुसार काम नगर्ने प्रधानाध्यापकलाई कारवाही गरिने जानकारी गराए ।

अबको शिक्षा गुणस्तर र प्रतिस्पर्धी हुनपर्नेमा जोड महानगरको रहेको भन्दै त्यसको लागि प्रधानाध्यापक र शिक्षकको तयार हुनुपर्ने बताए । शिक्षाको गुणस्तर ल्याउनका लागि अवकाश प्राप्त शिक्षकबाट पनि स्वमसेवी शिक्षकको रुपमा परिचालन गर्ने योजना महानगरको रहेको बताए । उनले महानगरभित्रका सामुदायिक विद्यालयको एकरुपता समेत ल्याइने बताए । गोष्ठीमा काठमाडौं महानगरअन्तर्गतका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ००:००