७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले एमाले कार्यकर्तालाई झूठा मुद्दा लगाउन थाल्योः महासचिव पोखरेल



स्थानीय खबर संवाददाता

स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्न सरकारले आफ्ना कार्यकर्ताहरूलाई झूठा मुद्दामा फसाउन थालेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाबी गरेको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले काभ्रेलगायतका विभिन्न जिल्लामा झूठा मुद्दा लाएर एमाले कार्यकर्तालाई आतंकित पार्न खोजिएको बताए । 

“काभ्रेमा एमाले उम्मद्वारका भाईलाई शंकाको भरमा पक्राउ गर्नेवित्तिकै सार्वजनिक मुद्दा लागाइएको छ,” उनले भने, “एमाले कार्यकर्तामाथी शंकाको भरमा पक्रेर मुद्दा दायर गरिहाल्ने घटना बढ्दै गएको छ । यसबारे सुरक्षा निकायका प्रमुखहरूलाई ध्यानाकर्षण गराईसकेका छौं ।”

निर्वाचनसम्म एमाले कार्यकर्तालाई थुनेर मतपरिणाम नै प्रभावित पार्ने खेलमा सरकार लागेको पोखरेलको जिकीर थियो । म्यादी प्रहरीमा पनि निर्वाचन भाँड्ने तत्वहरू घुसेको सुचना एमालेले पाएको र यसप्रति गम्भीर रहन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेको उनले बताए ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते अस्वीकार्य

जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव एमालेलाई अस्वीकार्य भएको महासचिव पोखरेलले स्पष्ट पारे । अघिल्लो र पछिल्लो चरणको चुनावको ‘ग्याप’ धेरै रहेको हुँदा समस्या धेरै आउने उनले बताए ।

“पहिलो चरणको मतपत्र एक महिनासम्म राख्ने कुरा व्यवहारिक हुँदैन । भोट गनिहाल्यो भने पनि अघिल्लो निर्वाचन परिणामले पछिल्लो निर्वाचन परिणामलाई असर गर्छ,” उनले भने, “जेठ अन्तिमतिर मुस्लिम समुदायको रमजान पर्व पर्छ । दिनभर भोकै बस्नु पर्ने हुँदा जेठ ३१ व्यवहारिक हुँदैन । त्यसैले जेठ १५ अगावै दोस्रो निर्वाचन हुनुपर्छ ।”

मुस्लिम समुदायको रमजान पर्वमा दिनभर खान खानै नहुने भएकाले निर्वाचन अघि सार्न आग्रह गर्दा कांग्रेसले गैरजिम्मेवार पूर्ण जवाफ फर्काएको उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले नेताहरूसँग कांग्रेसलाई मुस्लिमबिरोधी भएको देखाएर चुनावमा जान पनि चुनौति दिएको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७४, शनिबार ००:००