३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले ल्याउन लागेको ब्रुमर अझै दुई महीना नआउने



 

मङ्सिर ५, काठमाडौं । धूलो सफा गर्न काठमाडौं महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।

इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महीना लाग्ने भएको कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । कामपाले १२ करोड मूल्य बराबरको ५ वटा यन्त्र ल्याउने तयारी गरेको हो ।

हाल कामपाले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धूलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ ।

महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर कामपाले ती यन्त्र प्रयोगमा ल्याएको थियो ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००