२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन



 

मङ्सिर ५, कावासोती । नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

गाउँपालिकामा छ वडा छन् । छ वटै वडामा एक वर्षदेखि सचिव भने छैनन् । वडासचिव नहुँदा वडाबाट हुने काम प्रभावित हुने गरेका छन् । नवलपुरको विकट पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकामा वडासचिव नहँुदा स्वास्थ्यका कर्मचारीको सहयोग लिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष शशीकिरण वस्ताकोटीले जानकारी दिए ।

उनका अनुसार पंजिकाको काम स्वाथ्यका कर्मचारीसँग सहयोग मागेर गर्दै आएका छौँ, अध्यक्ष वस्तोकाटीले भने, “नियमित रूपमा बस्ने वडासचिव भएजस्तो काम हुँदैन, यसले समस्या सिर्जना भएको छ ।”

वडामा सचिव नहुँदा स्थानीयवासीलाई समस्या भएको आफूले महसुस गरे पनि वडासचिवको व्यवस्थापन हुन नसक्दा समस्या पर्दै आएको अध्यक्ष वस्ताकोटीले बताए । वडासचिवको व्यवस्थापनका लागि जिल्ला समन्वय समिति कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले बताए ।

पहाडी विकट क्षेत्र भएकाले कर्मचारी कामका लागि आउन नखोज्ने र सम्बन्धित निकायले समेत चासो नदिँदा समस्या सिर्जना भएको अध्यक्ष वस्ताकोटीले बताए ।
रसस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००