८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको राप्ती नदीमा तटबन्ध निर्माण शुरु



 

मङ्सिर ३, लमही । दाङको राप्ती नदीमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ । लमही–गढवा सडकखण्डमा पर्ने पुलदेखि उत्तरतर्फ दुई किलोमिटर र दक्षिणतर्फ डेढ किलोमिटर क्षेत्रमा तटबन्धको काम शुरु भएको जनताको तटबन्ध कार्यालय लमहीका इञ्जिनियर आरसी चौधरीले जानकारी दिए ।

११ करोड ३८ लाख ६९ हजार ९३९ मा दक्षिणतर्फ सूर्य वाइवा कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको छ । त्यस्तै १४ करोड ९१ लाख सात हजार ७८ मा उत्तरतर्फ गौरी पार्वती कोशी एण्ड न्यौपाने सञ्जीवनी जेभीले निर्माणको जिम्मा पाएको छ ।

नदीको दुवैतर्फ तटबन्ध भएमा त्यस क्षेत्रको चार सय बिघा जमीन उकास हुनेछ । नदीको दक्षिणतर्फ १४५ बिघा र उत्तरतर्फ २५५ बिघा जमीन उकास हुने इञ्जिनियर चौधरीले बताए । नदीले कटान गर्दा गाउँ नै विस्थापित भएर अन्यत्र बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य हुने भएपछि त्यहाँ नागरिक खुशी भएका छन् ।

स्थानीयवासीको अवरोधका कारण एक वर्षपछि मात्रै काम शुरु भएको हो । स्थानीय र जनताको तटबन्ध कार्यालयबीच सहमति भएपछि काम शुरु भएको हो ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार ००:००