६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायको पहलमा सभाहल निर्माण



कात्तिक २२, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले चन्दा सङ्कलन र श्रमदान गरेर सामुदायिक सभाहल निर्माण गरेका छन् ।

स्थानीयवासी, देशका विभिन्न शहर र प्रवासमा रहेका किन्दुवासीको सहयोगमा एककोठे सभाहल सहितको भवन बनाएका हुन् । ७ लाख ४४ हजार रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको स्थानीयवासी सुनदेवी तिलिजाले बताइन् ।

सभाहलसहितको सामुदायिक भवन निर्माण भएपछि बैठक, तालीम, गोष्ठी र भेला सञ्चालन गर्न सहज भएको तिलिजाले बताइन् । यसअघि व्यक्तिका घर र चौरमा बैठक बस्नुपर्ने बाध्यता थियो ।

सामुदायिक भवनमा गाउँ नजीकैको जङ्गलमा पाइने निगालोका सामग्री तयार पार्ने सीपमूलक तालीम र उद्योग सञ्चालन गर्ने योजना बनाइएको छ ।

यसैगरि किन्दु गाउँ नजीकै रहेको छिर्केश्वर शिवालय परिसरमा स्थानीयवासीको ५ लाख ७४ हजार रुपैयाँको लागतमा सत्तल निर्माण भएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार ००:००