कात्तिक २१, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले यस वर्ष १ हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याबको व्यवस्था गरिने बताए ।
मन्त्री बाँस्कोटाले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन ५ वर्षे खाका तयार गरिसकेको बताए । उनका अनुसार सरकारले अर्को वर्ष वृद्धभत्ता बढाउने तयारी गरिरहेको छ ।
“ढुक्क हुनुहोस्, अर्को वर्ष वृद्धभत्ता बढाउँछौँ ।” अघिल्लो पटकको सरकारले राज्यको ढुकुटी रित्याएकाले यो बर्ष भत्ता बढाउन नसकिएको उनले दाबी गरे । रासस


प्रतिक्रिया