१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजुली पुगेपछि स्थानीयवासी खुशी



कात्तिक २१ वाद्यवा । टुकीको भरमा रात बिताउने स्थानीयवासीको घरमा पहिलो पटक बिजुली बले पछि खुशीयाली छाएको छ ।

अहिलेसम्म टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत पुगेसँगै अँध्यारोमा रात बिताउनुपर्ने उनीहरूको समस्या टरेको छ । तिनाऊ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी अनिल कनौजेले ९ै वर्ष अघिदेखि गाउँमा बिद्युत बिस्तरा गर्ने सपना बल्ल पुरा भएको बताए । बिद्युत सुविधाले रेडियो, मोबाइल, टेलिभिजनको पहुँचमा सहज भएको छ ।

वर्षौंसम्म टुकीको भरमा बस्नुपरेको पीडालाई बिर्सेर गाउँमा विद्युत्को उज्यालोमा पढ्न पाउने भएपछि स्कुले बालबालिकादेखि वृद्ध तथा युवासमेत खुशी देखिएका छन् ।

विद्युत् विस्तारले बोङरी टोलमा १ सय ३७ घरधुरीमध्ये ६४ घरपरिवारमा विद्युत् जडान गरी बत्ती बालेका छन् । बस्ती नै उज्यालो बनेपछि स्थानीय बासिन्दा खुशी बनेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ००:००