१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमै नागरिकता पाउँदाको खुशी



 

कात्तिक १८, रुकुम पूर्व । भूमे गाउँपालिका ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी छन् । उनी भन्छिन्, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त सोचेकै थिइन । आशै मरिसकेको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाएको थिइन । खुशी लागेको छ ।”

सजिलै हिँडडुल गर्न तथा सदरमुकामसम्म पुग्न गाह्रो भएको अवस्थामा नागरिकता घुम्ती शिविरबाट गाउँमै नागरिकता पाएका अपाङ्गता भएका व्यक्ति सूर्य बुढाले पनि खुशी व्यक्त गरे ।

भूमे गाउँपालिका ६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एकदिने घुम्तीसेवा शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए, जसमा महिला २४ पुरुष ११ रहेका छन् ।

गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले विकट बस्तीबाट सदरमुकाम पुग्न कम्तीमा पनि चार दिन हिँड्नुपर्ने अवस्थामा नागरिकताबाट नागरिक वञ्चित नहोऊन् भन्नाका लागि शिविरले काम गरेको बताए ।
रासस

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार ००:००