५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खारेजीमा परेका कार्यालयले सामान बुझाएनन्



 

कात्तिक १६, बाँके । खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ ।

कार्यालय जिल्ला समन्वय समितिलाई जिम्मा लगाइएका जिन्सी सामान स्थानीय तहलाई हस्तान्तरण गरिनुपर्ने भए पनि खारेजीमा परेका कार्यालयले बुझाएका जिन्सी सामान हस्तान्तरण गर्न कतिपय समायोजमा परेर गएका कर्मचारीको साथमा रहेका ल्यापटप, क्यामेरा, मोटरसाइकल जस्ता सामग्री तत्काल बुझाउन नसकिएको कार्यालयहरु बताउँछन् ।

तत्काल सम्पत्ति हस्तान्तरण सिफारिश समितिको बैठक बसी स्थानीय तहलाई आवश्यकताअनुसार जिन्सी सामग्री हस्तान्तरण गर्ने जिससका समन्वय अधिकारी हरि प्याकुरेलले बताए । सरकारबाट स्वीकृत स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था २०७४ अनुसार जिल्लामा खारेजीमा परेका कार्यालयका चल अचल सम्पत्ति हस्तान्तरणको सिफारिश गर्न जिसस संयोजकको संयोजकत्वमा पाँच सदस्यीय समिति रहने व्यवस्था छ ।

सरकारले लाखौँ रुपैयाँ खर्चेर खरिद गरेका जिन्सी सामग्री त्यत्तिकै राख्दा नष्ट भएर जाने तथा दुरुपयोग हुन सक्ने भएकाले त्यसको सुरक्षा गर्दै शीघ्र स्थानीय तहलाई हस्तान्तरण गर्न स्थानीय नागरिक अगुवाले पनि जिसस समक्ष आग्रह गर्दै आएका थिए । खारेजीमा परेका कार्यालयबाट प्राप्त भएका हस्तान्तरण गर्नुपर्ने जिन्सी सामग्रीमा हल्का सवारी साधन, मोटरसाइकल तथा स्कुटर छन् । यसैगरी ल्यापटप, कम्प्युटर, क्यामेरा तथा फर्निचर छन् ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ००:००