५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्ने



 

कात्तिक १५, काठमाडौं । ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय/हरियाली (इकोपार्क) निर्माण गर्ने भएको छ ।

यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कम्पाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्दैछ ।” महानगरप्रमुख चिरिबाबु महर्जनले भने ।

महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगपालिकाले नयाँ जमीन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्ने नीति रहेको बताए ।

महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमीन नरहेको चर्चा गर्दै महानगरप्रमुख महर्जनले भने, “जमीन जति व्यक्तिका नाममा गइसके । कहाँबाट जमीन ल्याएर इको सिटी बनाउँ म रु भएकालाई नै थप उपयोग गर्नुको अर्को विकल्प छैन ।”

उनले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि ५० लाख विनियोजन समेत गरिएको जानकारी दिए । कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ—आफ्नो नगरपालिकालाई हरियाली शहर ९इको सिटी० बनाउने अठोट गरेका छन् ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडौं उपत्यकाभित्र छ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिए ।

केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा डा शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक भएको बताए ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार ००:००