८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामनगर गाउँपालिकाः कार्यालय जाँदैगरेका वडाध्यक्ष माथि आक्रमण



 

कात्तिक १३, सर्लाही । रामनगर गाउँपालिका ४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५ २० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उनले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइक समेत तोडफोड गरेका छन् ।

उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए । उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार ००:००