७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जडीबुटी प्रशोधन केन्द्र स्थापना



 

कात्तिक १२, मङ्गलवारे । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरे लगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले उनले १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने उनले बताए । यो उद्योगमा धूपी, धसिङ्गरे बाहेक मेन्या क्यामोमाइल जस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने उनको भनाइ छ ।

धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ००:००