५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकाः वडाका सबै सामुदायिक विद्यालयमा इ–हाजिरी



 

कात्तिक ६, भोजपुर । भोजपुर नगरपालिका १ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो ।

वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए ।

सो वडा भोजपुर नगरपालिकाभित्रका १२ वटा वडामध्ये इ–हाजिरीको व्यवस्था गर्ने पहिलो वडा रहेको वडाध्यक्ष भुजेलको जिकिर छ । साथै ई– हाजिरी जडान गरिएपछि शिक्षाको गुणस्तरमा सुधार आएको उनको भनाइ छ ।

त्यस्तै निजी स्रोतमा काम गरेका दुवै विद्यालयका एक एक शिक्षकलाई वडा कार्यालयले तलब खुवाउने निर्णयसमेत गरिएको छ ।
रासस

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार ००:००