२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकामा एक वर्षभित्र १ सय किमी सडक निर्माण



 

कात्तिक ५, कञ्चनपुर । स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकामा एक सय किलोमिटर सडक निर्माण गरिएको छ ।

गत आवमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण पनि गरिएको छ । गत आवमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेवसम्म जैविक मार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाइको सो जैविक मार्ग १८ देखि २२ मिटर चौडाइको छ ।

नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले धार्मिक पर्यटन प्रवर्धन, स्थानीयवासीलाई आवतजावतमा सुविधा र नगर क्षेत्रलाई चक्रपथबाट जोड्ने लक्ष्यका साथ गत वर्ष जैविक मार्ग निर्माण गरेको बताए । सो मार्गमा ट्र्याक खोलेर ग्राभेलिङ गरिएको छ ।

“नगर क्षेत्रमा जैविक मार्गसहित सबै वडामा सडक निर्माणलाई प्राथमिकता दिइरहेका छौं,” बिष्टले भने, “यो बर्ष पनि पनि सडक निर्माणलाई प्राथमिकता दिएका छौं ।”

नयाँ निर्माण र पुरानो मर्मत गरि १ सय किलोमिटर सडक निर्माण गरिएको छ । यसबाहेक ८५ किलोमिटर सडकमा ग्राभेल र २२ किलोमिटर सडक कालोपत्र गरिएको छ । यसैगरी गत वर्ष नगर क्षेत्रमा ४२ वटा कल्भर्टसमेत निर्माण गरिएको छ ।

यातायात पूर्वाधार विकासका लागि नगरपालिकाले नगर यातायात गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनाअनुसार सडकको नामकरण, स्तरोन्नति, कालोपत्रलगायत कार्य अगाडि बढाइएका छन् ।

नगरपालिकाका कालोपत्र सडक नभएको वडा नं १९ का चार टोलमा गत वर्ष सडक कालोपत्र गरिएको थियो । अन्य वडा यसअघि कालोपत्र सडकबाट जोडिएका थिए । केही वडामा नयाँ सडकको ट्र्याक खोलेर ग्राभेलिङ गरिएको जनाएको छ ।

स्थानीय तह निर्वाचनअघि साइकल चलाउन नसकिने सडकमा अहिले यात्रुवाहक बस सञ्चालन गरिएको छ । उत्तरमा जैविक मार्गसँगै दक्षिणी क्षेत्रमा झोलुङ्गे पुलदेखि वडा नं १९ बागफाँटासम्म शुक्लाफाँटा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ ।

चालू आवमा जैविक र पर्यटन मार्गलाई उच्च प्राथमिकता दिँदै सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत ढलसहितका ढेड दर्जन सडकको निर्माण कार्य अघि बढाइएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नगर क्षेत्रमा ३६ किलोमिटर सडक कालोपत्रका लागि सर्भे गरिएको छ । चालू आवमा मझगाउँ विमानस्थल किनारको सडक कालोपत्रका लागि बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ००:००