२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोट जिल्लाका ८२ वडा कार्यालयमा ११ जना सचिव



 

कात्तिक ५, कालीकोट । कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहुँदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वडामा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो ।

स्थानीय पञ्जिकाधिकारी नहुँदा जन्म दर्ता विवाह दर्ता जस्ता काममा समेत प्रभाव परेको छ भने स्थानीयवासीको एक दिनमा हुने कामका लागि दुई–तीन दिन पर्खनु पर्ने बाध्यता रहेको छ । स्थानीय निर्वाचन भएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म अरू कर्मचारी त परै जाओस् वडा सचिवसम्म कालीकोटमा छैनन् ।

रास्कोट नगरपालिका र महावै गाउँपालिकामा एउटै पनि वडा सचिव छैनन् भने खाँडाचक्र नगरपालिकामा तीन, तिलागुफा नगरपालिकामा दुई, शुभकालिका गाउँपालिकामा एक, पलाता गाउँपालिकामा एक, नरहरिनाथ गाउँपालिकामा एक, पचालझर्ना गाउँपालिकामा एक र सान्नी त्रिवेणी गाउँपालिकामा दुईजना रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

यस्तै कालीकोट जिल्ला रास्कोट नगरपालिका प्रमुख काशीप्रसाद बराले भने कालीकोट जिल्लाका अरू स्थानीय तहमा एक–दुई जना सचिव भएर काम अलि सहज भए पनि आफ्नो नगरपालिकामा नौवटै वडा सचिवविहीन हुँदा समस्या भएको बताए । रासस

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ००:००