१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण



 

कात्तिक ५, दमौली । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐन सहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि बनाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बास्तोलाले भने, “सरकारले सम्पादन गर्नुपर्ने विभिन्न कार्यका लागि अहिलेसम्म आठ ऐन, पाँच नियमावली र सात वटा निर्देशिका निर्माण भएको छ ।”

नगरपालिकाले नगरलाई उज्यालो, सफा र हरियो व्यास नगरपालिका बनाउन आवश्यक कार्य गर्ने नीति लिएको छ । त्यस्तै व्यावसायिक आधुनिक कृषिसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरी नगरलाई क्रमशः आत्मनिर्भर नगरका रुपमा स्थापित गर्ने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ००:००