२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको चार ठाउँमा यात्रु सहायता कक्षा

लेखक स्थानीय खबर १ कार्तिक २०७५, बिहिबार १ मिनेट पढाइ

 

कात्तिक १, भोजपुर । दशैंँ र तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले भोजपुर सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँतिहारमा हुने यात्रुको चाप, तिनमाथि हुन सक्ने अभद्र व्यवहार, ठगिने सम्भावना लगायत कुरालाई ध्यानमा राखी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधीकारी चरित्रविक्रम कार्कीले बताए ।

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म सेवा दिनका लाति देउरालीमा तीन तथा तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा दुई दुई प्रहरी परिचालन गरिएको छ । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता विषय यात्रुले सहायता कक्षमा सोध्न सक्नेछन् । रासस

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।