३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहबाट दशैँ बजार अनुगमन

लेखक स्थानीय खबर १ कार्तिक २०७५, बिहिबार १ मिनेट पढाइ

 

कात्तिक १, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्देशिका बनेपछि अनुगमन भएको हो ।

अनुगमन क्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर आफैँ सदरमुकाम परासी बजारमा निस्किएकी थिइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकाले परासी बजारका ३० वटा विभिन्न प्रकृतिका पसलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । अधिकांश मासु पसलले आफ्नै घरबाट मासु काटेर पसलमा ल्याएर बेच्ने, सरसफाइमा ध्यान नदिने गरेको भेटिएको थियो । खशीको मासु भनेर बाख्रीको मासु बेचिरहेको भेटिएकाले घरमै मासु काटेर बेच्नु शङ्कास्पद भएकोले अबदेखि व्यवस्थित बधशालामै काटेर मासु बेच्न निर्देशन दिइएको उपप्रमुख कुँवरले बताइन् ।

यसैगरी किराना, होटल तथा मिठाई पसलमा म्याद नागेका पेय पदार्थ, लेभल नभएका वस्तु बिक्री वितरण भइरहेको भेटिएपछि अनुगमन समितिले जफत गरी त्यस्ता वस्तु नष्ट गरेको छ भने आइन्दा फेरि यस्तो लापर्वाही दोहोरिए कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले देखावटी अनुगमनभन्दा विज्ञसहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने माग गरे ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।