२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँका सबै स्थानीय तहमा नेकपाको पार्टी संयन्त्र



 

असोज, दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तनहुँका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र तनहुँको बैठकले १० वटै स्थानीय तहमा संयन्त्र गठन गरेको हो ।

पार्टीले व्यास नगरपालिकाको संयन्त्रमा श्रीराम कार्की, अतिन्द्रकेशरी न्यौपाने, मनुमाया श्रेष्ठ, सिर्जना सिग्देल, कृष्ण न्यौपाने, धनबहादुर पुन, मङ्गल श्रेष्ठ र रामचन्द्र सापकोटा छन् ।

भानु नगरपालिकामा प्रेम राना, गीता शाही, ओमकुमारी पौडेल, शान्ता ढकाल, श्यामकुमार श्रेष्ठ, सीताराम अधिकारी, दलनारायण श्रेष्ठ, दीपक पन्त, शुक्लागण्डकी नगरपालिकामा देवलाल खनाल, खुमबहादुर विक, सविता रसाइली, मुक्ति सिग्देल, थमन आले, दिनेश गौतम, बलराम घिमिरे र सर्वदा खनाल रहेको संयन्त्र गठन गरेको छ ।

भिमाद नगरपालिकाको संयन्त्रमा धर्म खनाल, रामबहादुर थापा, मेखबहादुर थापा, अमृत सिग्देल, कृष्ण भण्डारी, कृष्णलाल विक, ध्रुव खनाल र तुलसी लम्साल छन् ।

आँबुखैरेनी गाउँपालिकामा ऋषि केसी, सूर्य गौली, मीना अधिकारी, शुक्र चुमान, बेलबहादुर गुरुङ, प्रेम गुरुङ, बन्दीपुर गाउँपालिकामा इन्द्रबहादुर कुँवर, हेमराज लामिछाने, जीवन कायस्थ, विद्या क्षेत्री, सुरेन्द्र थापा र छविलाल थापा रहेको संयन्त्र गठन भएको छ ।

म्याग्दे गाउँपालिकाको संयन्त्रमा रत्नादेवी घिमिरे, इन्द्रबहादुर अधिकारी, प्रभा श्रेष्ठ, शम्भु अधिकारी, सोम आले, दिलबहादुर नेपाली, देवघाट गाउँपालिकामा बाबुराम अधिकारी, भीम राना, शेरबहादुर मल्ल, भुवन गुरुङ, भीम गुरुङ र होमबहादुर गुरुङ छन् । यसैगरी रिसिङ गाउँपालिकामा गञ्जसिं गुरुङ, मदन आले, प्रेम रानाभाट, गीरबहादुर थापा, युवराज विक, गोमबहादुर राना र घिरिङ गाउँपालिकामा होमबहादुर थापा, बलबहादुर थापा, डि सिग्देल र चुननारायण श्रेष्ठ रहेको संयन्त्र गठन भएको छ ।

संयन्त्रले नियमित बैठक बस्ने, कार्यालय स्थापना गर्ने, पार्टी सदस्यता र चलअचल सम्पत्तिको एकीकृत गर्ने, वडास्तरका संयन्त्र गठन गर्ने र तिनका भेला, बैठक र प्रशिक्षण कार्यक्रम तोक्ने, चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने जिम्मेवारी पाएको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयन्त्र तनहुँका सदस्य प्रतापलाल श्रेष्ठले जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि जिल्लागत एकीकरण शुरु भएको हो । रासस

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार ००:००