२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पूर्वः अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाजमा समस्या



 

असोज २४, रुकुम पूर्व । रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् ।

कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम गरिरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दीए ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा १४ वडामध्ये १४ वडाका सचिवले १० र ११ नं वडामा काम गरिरहेका छन् । अन्य वडामा भने स्वास्थ्यचौकी इञ्चार्जले काम चलाइरहेका छन् । वडा सचिव नहुँदा सेवाग्राही दुई तीन हिँडेर पनि काम नभई फर्कनुपर्ने स्थिति रहेको छ ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार ००:००