१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मङ्गला गाउँपालिकाः खानीगाउँका घरघरमा खानेपानी



 

असोज २३, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार कूल ६७ लाख ६७ हजारको लागतमा सो आयोजना निर्माण सम्पन्न गरिएको हो । स्थानीयवासीले ६ महीनासम्म १८ लाख ९४ हजार बराबरको श्रमदानसमेत गरेका थिए ।

आयोजना निर्माण गर्न नेपाल सरकार र फिनल्याण्ड सरकारले २० लाख ९७ हजार लगानी गरेका थिए । मङ्गला गाउँपालिकाले ६ लाख ७६ हजार सहयोग गरेको थियो । मुहानदेखि घरघरमा धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन स्थानीयवासी खनेका थिए ।

आयोजना निर्माण भएपछि अहिले १३ मुख्य तथा सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ । विगतमा खानेपानीका लागि कुवामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो” स्थानीयवासी आरतीकुमारी शेरचनले भनिन् ।

यसैबीच बरङ्जाको दुर्दीमा समेत भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । वास परियोजनामार्फत ७० लाख तीन हजारको लागतमा निर्माण भएको सो आयोजनाबाट मङ्गला गाउँपालिका–४ दुर्दीका ६८ परिवार लाभान्वित भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार ००:००