असोज २२, भोजपुर । जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारण गर्न बसेको सरोकारवालाहरूको भेलाले यो निर्णय गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २ हेलौउछाको ३, गुप्तेश्वरको ४, सिद्धेश्वरको ५, बोखिमको ८, आठ पोखरेको ९, काफ्लेको १० र भैँसीपङ्खाको वडा नं ११ आम्तेकमा अलैँची जोन क्षेत्र लागू गर्ने निर्णय गरेको हो ।
यसैगरि षडानन्द नगरपालिकाका, ९ किमालुङको १०, साङपाङको वडा नं १३ बोयामा अलैँची पनि कार्यक्रम लागू हुनेछ । टेम्केमैयुङ गाउँपालिकाको वडा नं. ६ बाहेकका सबै वडा, रामप्रसाद राई गाउँपालिका– १ ओख्रे र अरुण गाउँपालिका–२ चम्पे गरी जिल्लाभर २२ वडामा अलैँची जोन कार्यक्रम लागू गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारीले जानकारी दिए । रासस




प्रतिक्रिया