१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

लेखक स्थानीय खबर २२ आश्विन २०७५, सोमबार १ मिनेट पढाइ

 

असोज २२, बेत्रावती । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।

फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे ।

फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख शाक्यले बताए ।

कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवं विकल्पमा पहिचान गरिएको स्थान बञ्चरेडाँडामा लैजानका लागि तयारी थाल्न आग्रह गरे ।

विसं २०६२ जेठ २२ गतेदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न थालिएको यहाँको ककनी गाउँपालिकाका १ र २ मा पर्ने ओखरपौवाको सिसडोलमा हाल दैनिक करीब एक हजार मेट्रिकटन फोहर फालिदै आएको छ ।

सिसडोल भरिन अब दुई महीना मात्र बाँकी भए पनि विकल्पको स्थानमा पूवार्धार तयार गर्न ढिलाइ भइरहेको छ । सिसडोलदेखि करीब दुई किलोमिटर दूरीमा पर्ने ओखरपौवाको बञ्चरेडाँडामा २५ वर्षसम्म फोहर फाल्न सकिने विकल्प देखिए पनि पूर्वाधार निर्माण अन्योल छ ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।