५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई पारदर्शी काम गर्न अख्तियारको आग्रह



 

असोज २१, रसुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहको काम कारवाहीमाथी चासो राखेको छ । विकास निर्माणसम्बन्धी सबैजसो काम स्थानीय तहबाट हुन थाले पछि पारदर्शी र कानूनसम्मत काम गराउन अख्तियारले सचेतना कार्यक्रमको आयोजना गर्न सुरू गरिएको छ ।

आयोगको प्रादेशिक कार्यालय हेटौँडाले आईतबार धुञ्चेमा रसुवाका पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको भेला गराई भेला गराई स्थानीय तहमा गरिने सबै खाले विकासका काम पारदर्शी र ऐन कानूनका अधीनमा रही अगाडि बढ्न आग्रह गरेको छ ।

आयोगका आयुक्त डा गणेशराज जोशीको उपस्थितिमा भएको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन विषय’को अन्तरक्रियामा आयोगको दायरा, भ्रष्टाचार हुने विषय र कारवाहीको दण्ड जरिवानासमेतका विविध पक्षमा दुईवटा कार्यपत्रसमेत प्रस्तुत भएको थियो ।

डा. जोशीले भ्रष्टाचारमाथि छानबिन गर्दा विषयगत विषयका अनुसन्धान अधिकारी जोसुकैलाई पनि तोक्न सक्ने, नीतिगत रुपको काम गुणस्तरको भेटिएमा थोरबहुत नमिलेका प्रकियालाई मात्र आयोगले हेर्ने र ऐननियम विपरीत कार्य गर्ने जनप्रतिनिधि वा कर्मचारी सबैलाई कानूनी दायरामा ल्याउने स्पष्ट पारे । रासस 

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार ००:००