१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरीको छोटेडाँडामा विद्यार्थीलाई पोसाक वितरण



 

कृष्णमुरारी पुडासैनी 
आश्विन १९, ललितपुर

गोदावरी नगरपालिकाको छोटेडाँडा आधारभुत विद्यालयका विद्यार्थीहरूलाई पोसाक र स्टेसनरीका सामान वितरण गरिएको छ । भौगोलिक रुपमा अति विकट मानिने वडा नं. ७ मा रहेको यस विद्यालयका छात्रछात्रालाई नगरपालिकाकी उपप्रमुख मुना अधिकारीको पहलमा सहयोग बितरण गरिएको हो ।

नजिकिँदो दशैंलाई मध्यनजजर गर्दै पोसाक र स्टेसनीरीका सामाग्री बितरण गरिएको अधिकारीले बताईन् । करिव ५ महिनादेखि विद्यालय भ्रमणमा जाँदा बालवालिकाको दयनीय अवस्था देखिए पछि अधिकारीले विभिन्न संघसँस्था र व्यक्तिसँग सहयोगका लागी पहल गरेकी हुन् ।

तस्बिरः कृष्णमुरारी

विपन्न विद्यार्थीहरूलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरे पनि स्रोत साधन सिमित रहेको उनले बताईन् । स्रोत साधन पर्याप्त नभएकाले विभिन्न संघसँस्था र व्यक्तिसँग सहयोगका लागी पहल गरेको पनि अधिकारीले बताईन् ।

बितरण कार्यक्रममा ४५ जना विद्यार्थी उपस्थित थिए । उक्त विद्यालय ५ कक्षासम्म सञ्चालनमा छ । गोदवारी राजधानी उपत्यकाको नगरपालिका भए पनि वडा नं. ७ का विद्यार्थीहरू माध्यमिक तह पढ्न करिव ३ घण्टासम्म हिड्नु पर्ने समस्या छ ।

कार्यक्रममा गोदावरीको मैत्रेय फाउण्डेशनकी अध्यक्ष महिमा पोखरेलले उच्च शिक्षा पढ्न इच्छुक विद्यार्थीलाई आफ्नै होस्टेलमा राख्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा छात्राहरुलाई छात्रवृत्ति र विद्यालमा सबैभन्दा धेरै नियमित कक्षामा आउने बिद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । नियमित कक्षामा आउने विद्यार्थीलाइृ पुरस्कृत गर्दा विद्यार्थीको हौसला बढ्ने वडा अध्यक्ष गिरीप्रसाद तिमल्सिनाले बताए । तिमल्सिनाले शिक्षाकहरूलाई इमान्दार भएर पढाउन आग्रह गर्दै लापरवाही गरे कारवाही गर्ने चेतावनी दिए ।

तस्बिरः कृष्णमुरारी

नगरपालिकामा बालमैत्री अभियान सञ्चालन अन्तर्गत विभिन्न कार्यक्रम रहेको जानकारी दिँदै किशोरीहरूलाई छिट्टै “सेल्फ डिफेन्स” को तालिम सञ्चालन हुने पनि उपप्रमुख अधिकारीले बताईन् ।

गोदावरी नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न बालबालिकालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । “गोदावरीलाई निकट भविष्यमै बालमैत्री नगरपालिका घोषणा गर्दैछौं । बालमैत्री घोषणा गर्न पूर्वतयारी स्वरुप विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं,” अधिकारीले भनिन् । समाजसेवी शारदा श्रेष्ठले नगरपालिकाको पहलबाट आफू प्रभावित भएको बताईन् ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ००:००