१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चालु आर्थिक वर्ष अध्ययन र योजना निर्माणको वर्ष’



 

असोज १९, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताएका छन् ।

स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुगेका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै जिल्लाको भूमि, जनताको आयआर्जनको स्रोत, बसोबासको प्रकृति, खाद्य उत्पादन, शिक्षा, स्वास्थ्य, विद्युुत, सडक, पर्यटन, खानेपानी, सञ्चार लगायतका विषयको अध्ययन यही वर्षभित्र गरिने जनाए ।

“यहाँको विकासमा देखिएका समस्याको समधान सहितको अध्ययन गछौँ,” मुख्यमन्त्री शाहीले भने, “त्यही अनुसार कर्णाली प्रदेश विकास निर्माणको योजना निर्माण हुन्छ ।”

छरिएका बस्तीका कारण शिक्षा, स्वास्थ्य, विद्युुत, सडकजस्ता क्षेत्रमा राज्यको बढी खर्च लाग्ने देखिएको जनाउँदै उनले भने, “राज्यलाई आर्थिक व्ययभार घटाउन र नागरिकलाई राज्यबाट प्रवाह गरिने सेवा सुलभ र सहज गराउन एकीकृत बस्ती विकास कार्यलाई अघि बढाउने तयारीमा छौँ,”

सङ्घीय र प्रदेशको कानून नबन्दा प्रदेश सरकारले विकासको परिणाम देखिने गरी काम गर्न नसकेको उनको भनाइ थियो । राज्य र नागरिकबीचको कार्यशैलीमा एकरुपता नआउँदासम्म विकासको प्रतिफल पाउन नसकिने उनले बताए ।

कालिकोटबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मराज शाहीले सङ्घीय सरकारले राष्ट्रिय गौरवका योजना निर्माण गर्ने र प्रदेश सरकारकाले निरन्तर विकास गर्ने कुरा कार्यान्वयनमा आउनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ००:००