२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छरितो सेवा दिन घरको तथ्याङ्क लिँदै काठमाडौं महानगर



 

असोज १९, काठमाडौं । सेवालाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ ।

पानी, बिजुली, सुरक्षा, फोहरमैला जस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

काठमाडौंमा कति घर छन्, ती घरमा कति मानिस बस्छन् र ती मानिसले के गर्छन्, कुन–कुन बैङ्कमा खाता छ, त्यस घरको नागरिक विदेश गएका छन् कि छैनन् जस्ता पम्पूर्ण पक्षको जानकारी लिइनेछ ।

प्रत्येक घर कति जग्गामा बनेको छ, उक्त घरले विभिन्न शीर्षकमा महानगरमा वार्षिक कति कर तिर्नुपर्छ जस्ता विषयको पनि जानकारी लिइनेछ । कामपामा हाल दुई लाख ५६ हजार घर छन् ।

तथ्याङ्क लिएपछि महानगरले प्रत्येक घरको विस्तृत विवरण सर्भरमा राखी सर्भर कोडको आधारमा सेवाग्राहीले खोजेको ३ ४ मिनेटमै घरमै बसी सेवा लिन सक्नेछन् ।

महानगरको कुनै पनि सुविधा नलिएको कारण मुलुकको प्रशासनिक केन्द्र सिंहरबारमा भने उक्त सुविधा उपलब्ध हुने छैन ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ००:००