असोज १८, धनुषा । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताए ।
उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसदमा प्रस्ताव लगिसकेको जानकारी दिए । प्रस्ताव परित भए पछि सबै वडामा स्वास्थ्य चौकी सञ्चालन गर्ने उनले बताए ।
जनकपुर अञ्चल अस्पतालको बाहिरङ्ग विभागको नवनिर्मित भवनको उद्घाटन गरे पछि उनले भने, “निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि सरकारले सबै स्थानीय तहको सबै वडामा स्वास्थ्य संस्था सञ्चाल गर्नेछ । कोठा उपलब्ध नभए भाडामा लिएर पनि खोल्छौँ ।”
मन्त्री यादवले प्रदेश नं २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्नसमेत संसदमा प्रस्ताव लगिसकेको जानकारी दिए । उनले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल बनाउन प्रदेश सरकारलाई सुझाव दिए । रासस


प्रतिक्रिया