१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक नगरपालिकाको बिरुवामा खानेपानी ट्याङ्की शिलान्यास



 

असोज १८, भक्तपुर । सूर्यविनायक नगरपालिका १ बिरुवाका ४५० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसाथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।

सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको आज विरुवामा सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा सांसद बस्नेतले सरकारलाई बदनाम गराउने तत्व सक्रिय भएको आरोप लगाउँदै विभिन्न बाहनामा भ्रम फैलाउने योजनाबद्ध रुपमा अभियान नै चलाइएको बताए । यस्ता तत्वलाई चिरेर सरकार अगाडि बढ्ने बताउँदै बस्नेतले भने, “अहिले देशमा दुई तिहाइको सरकार छ, यसलाई अहिले सदुपयोग गर्न नसके देश अझै पछाडि धकेलिन्छ, अहिलेको अवसरलाई गुमाउनु हँुदैन ।”

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारले एकैसाथ विकास गर्ने भएकाले अब विकास रोकिने सम्भावना नभएको बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द चौलागाईले दुई लाख ५० हजार लिटर पानी अट्ने क्षमताको उक्त ट्याङ्की प्रदेश सरकारको तीन करोड बजेटमा निर्माण हुन लागेको बताए ।

डिप बोरिङ सम्पन्न भएर पानी आइसकेकाकाले जतिसक्दो छिटो ट्याङ्की निर्माण गरेर शुद्ध पानी वितरण शुरु गरिने उनले बताए ।
रासस

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार ००:००