७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध रुपमा गिट्टी र माटो निकासी, सात ट्याक्टर नियन्त्रणमा



 

असोज १७, चितवन । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ ।

कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो ।

दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर ६०० को रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ ।

यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ ।
रासस

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ००:००