२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको टरिगाउँ विमानस्थलको परिक्षण उडान सफल

लेखक स्थानीय खबर १६ आश्विन २०७५, मंगलबार १ मिनेट पढाइ

 

असोज १६, लमही । दाङको टरिगाउँ विमानस्थलको सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो ।

परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।
रासस

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।