५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवघाट गाउँपालिका १ः पूर्ण सरसफाइयुक्त वडा घोषणा



असोज १५, दमौली । तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।

नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको हो ।

यसअघि तनहँुकै भानु नगरपालिका १३ लाई पहिलो र देवघाट गाउँपालिका २ लाई दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिसकिएको छ ।

देवघाट गाउँपालिका १ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य र सरसफाइमा नागरिक पूर्ण सचेत बन्नुपर्नेमा जोड दिइन् । उनले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई निरन्तरता दिनु चुनौती रहेको बताइन् ।

पाँच सय १८ घरधुरी रहेको वडाका हरेक घरधुरीले पूर्ण सरसफाइका सबै सूचक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वरोजगार कोषमार्फत छ करोड १७ लाख लगानी

तनहुँमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत छ करोड १७ लाख ५० हजार लगानी भएको छ । चार वर्षको अवधिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति तनहुँले उक्त रकम लगानी गरेको हो ।

कोषले १५ वटा सहकारी सङ्घसंस्थामार्फत आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷०७५ सम्म कर्जा लगानी गर्दै आएको समितिका सदस्य सचिव वसन्त दरैले बताए । जिल्लाका १५ वटा सहकारी सङ्घसंस्थाले ४२५ लाई कर्जा लगानी गरेको छ । जसमध्ये २१६ महिला र २०९९ पुरुष रहेको दरैले जानकारी दिए ।

कोषमार्फत रकम लिएकाले गाईपालन, व्यापार, कुखुरापालन, तरकारी खेतीमा लगानी गरेका छन् । कोषले सहकारीलाई पाँच प्रतिशत ब्याजदरमा रकम उपलब्ध गराउने र सहकारीले सम्बन्धित व्यक्तिलाई १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । रकम लिने व्यक्तिले नियमित भुक्तानी गरे तिरेको ब्याजको ६० प्रतिशत ब्याज फिर्ता हुने प्रावधान रहेको छ ।

बेरोजगार युवालाई व्यावसायीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले देशभर कोषमार्फत रकम लगानी गरिरहेको छ ।
रासस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ००:००