१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिनगर गाउँपालिकाः विद्युत आएपछि गाँउले खुशी

लेखक स्थानीय खबर १५ आश्विन २०७५, सोमबार २ मिनेट पढाइ

 

असोज १५, इनरुवा । सुनसरी हरिनगर गाउँपालिका ५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गरेका थिएनन् ।

उनलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उनको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, जगदीशप्रसाद कुसियैत लगायतका नेता त्यही क्षेत्रबाट विजयी भए पनि स्थानीय आवश्यक पर्ने दैनिक आवश्यक्ताबाट पनि यहाँका बासिन्दा वञ्चित हुँदै आएका थिए ।

अब त्यो क्षेत्रका स्थानीय त्यो समस्याबाट मुक्त हुन थालेको स्थानीय दौलतकुमार मण्डलको भनाइ छ । उनीहरुको समस्याभन्दा कम थिएन स्थानीय खुशीलाल मण्डलको । उनले पनि आफूले कहिल्यै न देखेको विद्युत् बाल्न पाउँदा खुशी लागेको बताए ।

यी त त्यो क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै १५० घर परिवारको अवस्था उस्तै थियो तर गाउँमा लामो प्रयास र सङ्घर्षपछि विद्युत् आएपछि उनीहरु त्यो समस्याबाट मुक्त भएका छन् ।

हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहलमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको हो । विद्युत् आएपछि आफूहरुलाई सिँचाइ गर्न, खेतीपाती गर्न, कल कारखाना सञ्चालन गर्न सहज हुने स्थानीयको भनाइ छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विद्युत् आएकाले आफूलाई पनि खुशी लागेको बताउँदै आफ्नो लक्ष्य नै अँध्यारोमा रहेको जनतालाई उज्यालो प्रदान गर्ने भएको बताए ।
रासस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।