४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानीभेरी गाउँपालिकामा ल्याब तथा एक्स–रे सेवा सञ्चालन

लेखक स्थानीय खबर १४ आश्विन २०७५, आइतबार २ मिनेट पढाइ

 

असोज १४, रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।

उनले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताए । “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उनले भने, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।”

गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तर्गतको सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याब तथा सादा एक्स–रे सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीले जानकारी दिए । गाउँपालिकाको १५ लाख बजेटबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो ।

भ्रष्टलाई पदमा बस्ने अधिकार छैनः शर्मा

यसैगरी सांसद शर्माले भ्रष्टहरुलाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् । रुकुम पश्चिमका जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटमा उनले जनताका आकाङ्क्षाअनुसार काम नगरेर कुनै किसिमको अड्को थाप्ने काम जनप्रतिनिधि र कर्मचारी जसले गरे पनि त्यो सह्य नहुने उनले चेतावनी दिए ।

उनले रुकुम पश्चिमबाट समाजवादको अभ्यास गर्न आफूहरु लागिपरेको र गन्तव्यमा पुग्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकाले जनताको हरेक मागअनुसार कुशलतापूर्वक काम गर्न स्थानीय सरकार तदारुकताका साथ लागि पर्न निर्देशन दिए ।
रासस

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।