१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी



 

अजोज ९, अत्तरिया । प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ ।

पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र गाउँपालिका गरी ६६ स्थानीय तहका जनप्रतिनिधिले हालसम्म कार्यालयमा सम्पत्ति विवरण नबुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी देवेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असोज मसान्तसम्म ७ नं प्रदेशका चार हजार ५६ जनप्रतिनिधिले आफ्नो सम्पत्ति विवरण बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचित जनप्रतिनिधिले सम्वन्धित स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण दर्ता गरिसक्नुपर्ने समय सिमा समाप्त भइसकेको छ, तर, मन्त्रीपरिषद कार्यालयमा बुझाई सक्नुपर्ने समय अझै बाँकी रहेकाले असोज मसान्तभित्र सबै स्थानीयतहका जनप्रतिनिधिको विवरण आउने अपेक्षा गरिएको छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार ००:००