१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरी नगरपालिकामा पानीको सम्भाव्यता अध्ययन



असोज ८, ललितपुर । सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन थालेको छ ।

पानीका स्रोत खोजेर पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । गोदावरी क्षेत्रमा हिउँदका बेला पानीको समस्या पर्ने गर्छ । चापागाउँ, डुकुछापमा डीप बोरिङ गर्ने योजना रहेको महर्जनले बताए ।

कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । उनले भने, “विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ । त्यसको नतिजाका आधारमा काम हुनेछ ।”

नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो । त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ ।

नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको उनले बताए । नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन् ।

नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ । केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन । बस्ती बाक्लो हुँदै जाँदा नगरवासीले पानीको अभाव भोग्न बाध्य भएका हुन् । रासस

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ००:००