१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पचास परिवार ४७ वर्षदेखि एउटै इनारमा निर्भर

लेखक स्थानीय खबर ७ आश्विन २०७५, आइतबार २ मिनेट पढाइ

 

असोज ७, भद्रपुर । समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।

दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए ।

टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् ।

त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन । सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयवासी श्यामनारायण गनगाई बताउछन् ।

यहाँको ट्युबवेलबाट आउने पानीमा अत्यधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन । “सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन”, श्यामनारायण भन्छन्, “पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो ।”

स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउछन् । उनी भन्छन्, “हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए ।”

सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउछन् ।
रासस

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।