२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको स्वास्थ्य क्षेत्रको कार्यसपम्पादन सूचक निर्माण



 

स्थानीय खबर संवाददाता
काठमाडौं, ५ असोज

गाउँपालिका राष्ट्रिय महासंघले स्वास्थ्य क्षेत्रको कार्यसम्पादन सूचकहरू तयार पारेको छ । महासंघले गाउँपालिकाहरूमा स्वास्थ्यसँग सम्बन्धित कामलाई नतिजामुखी बनाउन सूचकहरू बनाएको हो ।

महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सूचकहरू संविधानतः स्थानीय तहले गर्नै पर्ने आधारभूत स्वास्थ्यको कामसँग सम्बन्धित छन् ।

सूचकहरूमा गाउँपालिकाको केन्द्र र वडास्तरका स्वास्थ्य सँस्थाहरूमा औषधी, पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्नु पर्ने महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले जानकारी दिए ।

स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषी र पूर्वाधारको काम गर्नुपर्ने व्यवस्था छ । महासंघले ७ नं. प्रदेशका गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूसँग कार्याशाला गोष्ठी आयोजना गरेर यो सूचकहरू तयार पारेको हो ।

गाउँपालिकाहरूलाई स्वास्थ्य क्षेत्रको काम गर्दा सहज पार्ने उद्देश्यले सूचकहरू बनाएको पोखरेलले बताए । “अहिले गाउँपालिकाहरू कर्मचारी, पूर्वाधार, बजेट अभाव जस्ता विविध कारणले अन्योलमा छन् । काम गर्न सझिलो होस् भनेर सूचकहरू बनाएका हौं ।” पोखरेलले भने, “सूचकहरू सबै गाउँपालिकालाई पठाउँछौं । जसले गर्दा स्वास्थ्य क्षेत्रको काम गर्न सझिलो हुनेछ ।”

कृषी, पूर्वाधार र शिक्षा क्षेत्रको कामलाई सहज बनाउन पनि सूचकहरू बनाउने पोखरेलले जानकारी दिए । महासंघले गत बर्ष पनि स्थानीय तहहरूलाई नमूना कानूनहरू बनाएको थियो ।

“गत बर्ष कानून नै थिएन, नमूना कानून बनाएर सबै गाउँपालिकामा पठायौं । यो बर्ष स्वास्थ्य क्षेत्रका सूचकहरू बनाएर पठाउँदैछौं,” उनले भने, “क्रमशः शिक्षा, कृषी र पूर्वाधार क्षेत्रको पनि सूचक बनाउँछौं । कामलाई प्रक्रियामुखी भन्दा नतिजामूखी होस् भन्ने महासंघको लक्ष्य हो ।”

सूचक तयार पार्न महासंघलाई वर्ल्ड भिजन इन्टरनेसनलले सहयोग गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सूचकहरू बनाउनु सकरात्मक भएको टिप्पणी गरे । साथै सूचकहरू बनाउँदा गाउँपालिकाहरूको वास्तविक अवस्थालाई पनि ख्याल गर्नु पर्ने अधिकारीले बताए ।

“अहिले पनि ७ सउ ५३ स्थानीय तहमध्ये करिब २५ प्रतिशतको मात्रै आफ्नै भवन छ । झनै स्वास्थ्य सँस्थाहरूको अवस्था के होला ?” अधिकारीले भने, “यस्ता वास्तविक अवस्थाहरूलाई मध्यनजर गरेर सूचकहरू बनाउँदा अझ नतिजामूखी हुन्छ ।”

सिन्धुली फिक्कल गाउँपालिकाकी उपप्रमुख तथा गाउँपालिका महासंघका केन्द्रीय सदस्य पार्वती सुनुवारले विभिन्न समस्याका बाबजुद सूचकहरू कार्यान्वयन गर्न गाउँपालिकाहरू प्रतिवद्ध रहेको बताईन् । “हामीहरूसँग धेरै समस्या छन् । तर समस्याका बाबजुद पनि हामीलाई संविधानले दिएको दायित्व पुरा गर्न सक्षम छौं,” सुनुवारले भनिन् ।

सूचकहरू

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ००:००