२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोर्स्याङ स्वास्थ्यचौकी निर्माणका लागी जग्गा उपलब्ध



 

असोज ३, नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई दुई रोपनी जग्गा दान गरेका हुन् ।

जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताए । उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार २० लाख पर्ने बताइएको छ ।

अहिले स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकैका जग्गाधनीले जग्गा दान गरेपछि भवन निर्माणको लागि सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चुडामणिप्रसाद गजुरेलले बताए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन भएको छ ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ००:००