१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई अर्थिक सहयोग

लेखक स्थानीय खबर २ आश्विन २०७५, मंगलबार १ मिनेट पढाइ

 

असोज २, बेँशीशहर । मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । बाढीपहिरोबाट मर्स्याङ्दी गाउँपालिकाका १९ परिवार विस्थापित भएका छन् ।

यहाँको ५० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो । एक जना अझै छन् भने ११ जना घाइते भएका थिए ।

गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकले पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् । हाल उक्त गाउँपालिकामा सामुदायिक र संस्थागतमा गरी झण्डै ४०० शिक्षक कार्यरत छन् ।
रासस

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।