२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ’



 

भदौ १, लमही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताए । सिधैँ काठमाडौं देखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौं बाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उनले बताए ।

मन्त्री अधिकारीले पटक पटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताए । साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ ।

विसं २०११ देखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनु जस्ता कारणले जहाज नियमित हुन सकेको थिएन ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोधसमेत गरे ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ००:००