२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा धमाधम मर्मत हुँदै ग्रामीण सडक



भदौ ३० भदौ, जाजरकोट वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् ।

सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए ।

सदरमुकामभित्र रहेका शान्ति चौतारा–तल्लो थाप्ले, पासागाड–कालेगाउँ, खलङ्गा–पाँचकाटिया, खलङगा–रिम्ना, रिम्ना–आठबिसकोट, दल्ली–तल्लु सडक सञ्चालनमा आउन थालेका छन् ।

गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्म मर्मत कार्य शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कैनाको साङट भेरी खोला जलविद्युत् योजना मर्मतमा स्थानीय जुटेका छन् । नलगाड–८ हल्चौरस्थित घोडेटो बाटो स्थानीयले निःशुल्क निर्माण गरिएको छ ।

स्थानीय र सरकारको सहकार्यमा जिल्लाको भएको जनधनको विषयमा गम्भीर हुँदै पूर्णको काममा जुटेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । वर्षाका कारण नलगाडमा मात्र सडक र अन्य संरचना गरी झण्डै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

केन्द्रीय सरकारदेखि प्रदेश सरकारसँग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुनःस्थापनाको काम पनि सँगसँगै अगाडि बढाइएको जनप्रतिनिधिहरुले बताएका छन् । गाउँगाउँमा गएर क्षतिको विवरण सङ्कलनपछि निर्माण शुरु भएको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताए ।

गाउँ छाडेर पाटनतिर गएका स्थानीयािसी पशु चौपाय लिएर घरमा अन्नपात भित्र्याउन आइपुगेको बारेकोट गाउँपालिका–५ का प्रेमविक्रम शाहीले बताए । रासस

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ००:००