भदौ २०, भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो ।
नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताए । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए कांग्रेसको ५ जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताए । रासस




प्रतिक्रिया