२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन



 

भदौ १९, रोल्पा । जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन ।

जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्त सम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ्चित छन् ।

तत्कालीन जिल्ला विकास समितिले जिल्ला परिषद्बाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो । सो अभियानले गति लिन नसकेपछि सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

हालसम्म लुङ्ग्री र रुन्टीवढी गाउँपालिकाको एक/एक वडा, रोल्पा नगरपालिकाको एउटा वडा र त्रिवेणी गाउँपालिकाको दुई वडालाई मात्र घरभित्रको धुवाँमुक्त घोषणा गरिएको छ ।

विगतमा विभिन्न दातृ निकायले सहयोग गरेका कारण अभियानले तीव्रता पाएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष कर्ण बाँठामगरले बताए । स्थानीय तहले सो अभियानलाई निरन्तरता दिन नसकेको उनले आरोप लगाए ।

जिल्लामा सुधारिएको चुलो प्रवद्र्धकको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ । सुधारिएको चुलो जडान गरेबापत उनीहरुले एक हजार देखि दुई हजार सम्म पारिश्रमिक पाउने गरेका छन् ।
रासस

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार ००:००