१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षाभत्ता वितरणलाई व्यवस्थित गर्न विधेयक



 

रमेश लम्साल

भदौ १५, काठमाडौं । लोपोन्मुख सूचीमा रहेका १० जातिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्न व्यवस्थापिका संसदमा विधेयक पेस भएको छ ।

‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ मा कुसुण्डा, राउटे, हायु, किसान, मेचे, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कुसवाडिया (पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया) लाई दिँदै आएको भत्तालाई व्यवस्थित गर्ने उल्लेख छ । यो बिधेयक अहिले संसदमा पेस भइसकेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुण्डा संख्या २ सय ७३, राउटे ६ सय १८ छ । हायुको संख्या ६ हजारको हाराहारी भनिए पनि राष्ट्रिय जनगणनाअनुसार २ हजार ९२५ छ । जनगणनामा वनकरिया भाषा बोल्नेको सङ्ख्या ६९ उल्लेख छ । दोलखामा सुरेल जातिका नागरिक २ सय ३५ छ । यसैगरि राजी जातिको संख्या ४ हजार २३५ छ ।

सरकारले कुल ०५० प्रतिशत भन्दा कम जनसङ्ख्या भएका जातजातिलाई अल्पसंख्यकमा राखेको छ । केन्द्रीय पञ्जिकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदी सामाजिक सुरक्षाभत्ता वितरण गर्ने प्रक्रियालाई नयाँ विधेयकले व्यवस्थित गर्ने बताउँछन् ।

भत्ता वितरणलाई पारदर्शी, मर्यादित बनाउने लक्ष्यसाथ सरकारले उक्त विधेयक प्रस्तुत सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । रासस

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ००:००