भदौ १३ पोखरा । गण्डकीलाई पूर्ण खोप सुनिश्चित भएको प्रदेश घोषणा गरिएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण आफ्नो प्रदेशका १६ दिनदेखि २३ महिनासम्मका बालबालिकाहरू सबैले खोप सुबिधा प्राप्त गरेको घोषणा गरेका छन् ।
‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ भन्ने अभियान सफल भएको पनि उनले बताए । गण्डकीमा ११ जिल्ला, ८५ स्थानीय तह छन् । यी सबै ठाउँका बालबालिकाहरूले कुनै पनि खोप सुबिधाबाट बञ्चित नभएका कारण घोषणा भएको हो ।
यस क्षेत्रका बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेका छन् । गुरुङले आगामी दिनमा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुनु नपर्ने प्रतिबद्धतासमेत जनाए ।
हुने दुई चरणमा १६ दिनदेखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो । बालबालिकालाई प्रदान गरिने गरिएको ११ प्रकारको खोपमा दिइन्छ ।
एकजना बालक वा बालिकाका लागी ५ हजार रुपैयाँ बराबरको खोप र प्रशासनिक खर्चसमेत गरी ३० हजार रुपैयाँ खर्च हुने गरेको छ । खोपका लागि गण्डकी प्रदेश वार्षिकरुपमा १ अर्ब ७० करोड रुपैयाँ लाग्छ । सोमध्ये नेपाल सरकारको ६० प्रतिशत र ४० दातृ संस्थाको सहयोग रहेको छ ।
गण्डकी प्रदेशको १ हजार ७७० वटा खोप केन्द्र र १ जार ४१६ वटा गाउँघर क्लिनिक, ५ हजार ९३९ जना महिला स्वयंसेविका छन् ।
घोषणाका अबसरमा बोल्दै गुरुङले सबैभन्दा पहिले गण्डकी प्रदेशले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको प्रसंग उल्लेख गर्दै शिक्षा, रोजगारलगायत क्षेत्रमा पनि अरू प्रदेशभन्दा पहिलो नै हुने गरि काम गर्न सबैसँग अनुरोध गरे ।
सभामुख नेत्रनाथ अधिकारीले स्वच्छ, स्वस्थ्य र समृद्ध नेपाल बनाउनका लागि जिम्मेवारीका साथ कर्तव्य निष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । रासस




प्रतिक्रिया