५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय करबारे प्रधानमन्त्री भन्छन्ः अण्डा पार्यो कि पारेन भन्दै मेयरले कुखुराको खोर हेर्दैन



स्थानीय खबर संवाददाता
काठमाडौं, १२ भदौ

गाउँपालिका र नगरपालिकाहरूले जथाभावी कर लगाएको बिषयमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमा नभई बिक्रीमा कर लगाएको बताएका छन् ।

“उत्पादन गर्दा होइन, बिक्रि गर्दा कर लगाईएको हो । अण्डा उत्पादन गर्दा कर लगाइएको होइन, बिक्री गर्दा लगाइएको हो,” उनले भने, “अण्डा पार्यो कि पारेन भन्दै मेयर र अध्यक्षले कुखुराको खोर हेर्दैन । बिक्री गर्दा चाँही स्थानीय कानूनअनुसार कर लगाउँछ ।”

नेपाल नगरपालिका संघको छैटौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै करको बिषयलाई लिएर नचाहिँदो हल्ला फिँजाईएको दाबी गरे । साथै पछिल्ला बर्षहरूमा नगरपालिकाको संख्या उल्लेख्य बढेको र नगरपालिका बने पछि बढी कर तिर्नु परेकाले पनि यस्ता गुनासोहरू आएको उनले बताए ।

“कञ्चनपुरमा स्थानीयबासीले छाडा पशु चौपायलाई व्यवस्थापन गरिदेउ भनेर नगरपालिकामा लगेछ । यता गाईभैंसीलाई पनि कर लगायो, त्यही भएर जनताले गाईभैंसी नगरपालिकामा बुझायो भनेर हल्ला भयो,” उनले भने, “सबै ठाउँमा राम्रै भइरहेको छ भनेर भन्दिँन । केही स्थानीय तहमा कमीकमजोरी पक्कै भएका छन् । तर अहिले जुन हौवा फिँजाईएको छ, यो सत्य होइन ।”

स्थानीय तहले कर उठाउँदा आफूले गाली खानु परेको गुनासो पनि उनले गरे । स्थानीय तह आफैंले कानून बनाएर कर संकलन गर्न पाउने संबैधानिक व्यवस्था भएको र त्यसमा संघीय सरकारले हस्तक्षेप गर्न नमिल्ने उनले बताए ।

स्थानीय तह अधिकारसम्पन्न भएको धेरैलाई पचेको छैन

प्रधानमन्त्री ओलीले गाउँपालिका र नगरापलिका अधिकारसम्पन्न भएको धेरैलाई नपचेको पनि आरोप लगाएका छन् । उपप्रमुखलाई देखाएर ‘ए, यो पनि न्यायधिश !’ भनेर खिसी गर्नेहरू प्रशस्तै भएको उनले बताए ।

“सरकार भनेको ठालू प्रवृत्ति हो भन्ने भ्रम छ । त्यसैले गाउँगाउँमा सरकार आयो भन्दा त्यही ठालू प्रवृत्ति बोकेका मान्छेहरूले यो पनि सरकार भनेर खिसी गरिरहेको छ,” उनले भने, “नयाँ व्यवस्थामा जाँदा केही बाधा अफ्ठेरो अवश्य आउँछ । त्यसका लागी ७ सय ५३ स्थानीय सरकार, ७ वटा प्रदेश सरकार र संघीय सरकार मिलेर अगाडी बढौं । सुखी नेपाली, समृद्ध नेपालको सपना साकार हुनेछ ।”

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार ००:००