१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय उपभोक्ताको साझेदारीमा सडक कालोपत्रे



 

भदौ १०, । स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न कालोपत्रे सडक सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्लाको उत्तरी क्षेत्रको लेटाङ नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न गरिएको उक्त सडकको नगर प्रमुख शङ्कर राईले उद्घाटन गरे ।

लेटाङ नगरपालकिाले उपलब्ध गरेको ७७ लाख तथा स्थानीय उपभोक्ताद्वारा सङ्कलन गरिएको २५ लाख ६१ हजार ५८५ सहित कूल ९९ लाख ६१ हजार ५८५ को लागतमा निर्मित ७८० मिटर पक्की कालोपत्र सडक शनिबारदेखि सञ्चालनमा समेत ल्याइएको छ ।

उक्त अवसरमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले पहिलो वर्षमा नै सानो बजेटले यति धेरै उपभोक्ताको हितका पक्षमा सडक कालोपत्रे गर्न सकिएकोमा खुशी व्यक्त गरे । उनले आफ्नो कार्यकालभरि विकासप्रति समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १० भाद्र २०७५, आइतबार ००:००