४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार समृद्धिको यात्रामा छः मन्त्री कार्की



भदौ ८, झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको दाबी गरेका छन ।

झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भने, “मुलुक समृद्धिको यात्रामा छ । यात्राका क्रममा समस्या धेरै आएका छन् । तर यात्रा रोकिनेवाला छैन ।”

उनले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको दाबी गरे । “सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ”, उनले भने । साथै उनले सरकारले जनताको ढाड सेक्ने गरी कर लियो भनेर भ्रम सिर्जना गरिरहेको बताए ।

“गोलभेँडामा कर, डोकोमा कर के–के भनेर भ्रम सिर्जना गरिएको छ”, उनले भने, “ “त्यस्तो केही होइन, हामी जनताका सेवक हौँ, शासक होइन ।”उनले कुनै स्थानीय सरकारबाट भूलबस् कुनै निर्णय भएको भए त्यसलाई सच्याउन पहल गरिने बताए ।

व्यापारिक केन्द्रका रुपमा विकास हुँँदै गएको बिर्तामोड नगरपालिकामा आधारभूत आवश्यकता पुर्ति गर्नैै समस्या देखिएको उनले बताए । ““केन्द्रीय र प्रदेश सरकारसँग सहकार्य गरेर बिर्तामोडलाई समृद्ध बनाउन सहयोग गर्छु,” उनले भने ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश सांसद एकराज गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाका रुपमा बिर्तामोड खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । रासस

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ००:००